आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लास पालमासलाई हराउँदै रियल दोस्रो, जिरोना शीर्ष स्थानमा

बिहीबार, ११ असोज २०८०, ०९ : ३२
बिहीबार, ११ असोज २०८०

स्यान्टियागो बर्नेबाउ । घरेलु मैदानमा लास पालमासलाई सजिलै हराउँदै रियल पुनः जीतको बाटोमा फर्किएको छ । पछिल्लो खेलमा एट्लेटिको मड्रिडले शतप्रतिशत सुरुवात अन्त्य गरेपछि रियल बुधबारको खेलमा २–० ले विजयी बनेको हो ।

रियलको जीतमा ब्राहिम डियाज र जोसेलुले एक–एक गोल गरे । पहिलो हाफमा पूर्ण नियन्त्रण बनाएको रियलले पहिलो गोलका लागि इन्जुरी समयसम्म पर्खनु परेको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो पहिलो गोल हो ।

दोस्रो हाफको ५४ औँ मिनेटमा जोसेलुले रोड्रगोको पासमा दोस्रो गोल गरे । जीतसँगै रियल स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ७ खेलपछि रियलको १८ अङ्क रहेको छ । उता, यो सिजन अपराजित रहेको जिरोना भिल्लेरियाललाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिरोनाको १९ अङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप