सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अधुरै रह्यो भारतको सपना

बिहीबार, ११ असोज २०८०, ०९ : ४७
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । अस्ट्रेलियासँग पराजित भएपछि भारतीय क्रिकेट टोलीको सपना अधुरै रहने भएको छ । रोहित शर्माको टोलीले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा अस्ट्रेलियालाई हराएर इतिहास रच्न सकेन । अस्ट्रेलियाले दिएको ३५३ रनको चुनौती पछ्याउँदै भारतीय टोली २८६ रनमा अलआउट भयो ।

भारत र अस्ट्रेलियाबिचको तीन खेलको सिरिजको यो अन्तिम खेल राजकोटमा खेलिएको थियो । भारतले यसअघि नै दुई खेल जितेर सिरिज कब्जा गरिसकेको थियो । खेलमा भारतीय टोली अस्ट्रेलियाविरुद्ध पहिलो पटक क्लिन स्वीपका लागि मैदान उत्रिएको थियो तर त्यसो हुन सकेन । 

खेल सुरु हुनुअघि अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै सात विकेटमा ३ सय ५२ रन बनाएको थियो । राजकोटको मैदानमा यो सबैभन्दा ठुलो स्कोर हो।
यो चुनौती पछ्याउन आएको भारतीय टोलीलाई कप्तान रोहित शर्माले राम्रो सुरुवात दिलाए र ३१ बलमा अर्धशतक पूरा गरे । रोहित शर्माले ५७ बलमा ५ चौका र ६ छक्का प्रहार गरी कुल ८१ रन बनाए ।

योसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ५५० छक्का पूरा गरेका छन् । अब उनीभन्दा अगाडि क्रिस गेल मात्रै छन् । गेलको नाममा ५५३ छक्का छ ।

ओपनिङ ब्याट्सम्यानको रूपमा आएका वासिङ्टन सुन्दर ३० बलमा १८ रन बनाएर पभिलियन फर्किए । विराट कोहलीले ५६ रन, श्रेयस अय्यरले ४८ रन, केएल राहुलले २६ रन, सूर्यकुमार यादवले ८ रन, रवीन्द्र जडेजाले ३५ रन, कुलदीप यादवले २ रन, जसप्रित बुमराहले ५ रन र मोहम्मद सिराजले एक रन बनाए ।

ओपनर डेभिड वार्नर र मिचेल मार्सले अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाए । वार्नरले ३४ बलमा ५६ रन बनाए । मार्सले ८४ बलमा ९६ रन बनाए । त्यसपछि आएका स्टिभ स्मिथले ६१ बलमा ७४ रन बनाए ।

अस्ट्रेलियाले ११.४ ओभरमा १०० रन र २६।२ ओभरमा २०० रन पूरा गरेको थियो। त्यतिबेला अस्ट्रेलियाको टोली ४ सय रनको ठुलो स्कोरतर्फ अघि बढेको देखिए पनि भारतीय बलरले राम्रो कमब्याक गरेका थिए । भारतका लागि जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप