आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेनदेनको विवादमा मोटरसाइकलमा आगो लगाउने महिला पक्राउ

बिहीबार, ११ असोज २०८०, १७ : ३९
बिहीबार, ११ असोज २०८०

बुटवल । दाङमा मोटरसाइकलमा आगो लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  घोराही उपमहानगरपालिका वडा नम्बर १० सौडेकुलाकी ३२ वर्षीय मीना चौधरीलाई  घोराहीका विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले  जानकारी दिए । 

लेनदेनका विवादमा चौधरीले मोटरसाइकलमा आगो लगाएको बताइएको छ । आगो  लगाएपछि प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि मोटरसाइकल पूणर्रुपमा जलेर नष्ट भएको छ । 

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप