मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न विराटनगर पुगे एमाले अध्यक्ष ओली

शुक्रबार, १२ असोज २०८०, १२ : ०३
शुक्रबार, १२ असोज २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी ओली विराटनगर पुगेका छन् । 

आजदेखि विराटनगरमा सुरु हुने अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ । यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन । 

अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिएका छन् । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ४७  जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने भएका छन् । 

यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको भनाइ छ । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति,  अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ । 

oli

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप