आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

चिकित्सकका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

शुक्रबार, १२ असोज २०८०, १६ : ०४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठककका निर्णय सार्वैजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहार  घटनाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको बताए ।  संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको सभापति जोशीले जानकारी दिए । 

‘चिकित्सकमाथि भएको दुव्र्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघ संस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो । चिकित्सकमाथि भएको यस प्रकारको दुव्र्यवहारको घटनाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ’, जोशीले भने, ‘यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषि उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादीत, सुरक्षित, भयरहित,हिंसारहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ उनले चिकित्सकहरु एवं स्वास्थ्य क्षत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत् हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताए । 

‘समितिको तर्फबाट भएका पहलकदमी बारे डा.तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ’, जोशीको भनाइ छ ।  संसदीय समितिमा सांसदहरुले चिकित्सकहरुमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप