रमाना नलिने कर्मचारीबारे सात दिनभित्र जानकारी गराउन मन्त्रालयको निर्देशन
शुक्रबार, १२ असोज २०८०, १६ : ५९
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका प्रशासकीय अधिकृतहरु कार्यस्थलमा नपुगेको भन्ने गुनासो आएकाले सम्बन्धित निकायले त्यसबारे सात दिनभित्र मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सरुवा, पदस्थापन,काज सरुवा र फिर्ता गरिएका कर्मचारीहरुले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेकाले त्यस्ता कर्मचारीबारे मन्त्रलयमा जानकारी गराउन मन्त्रीस्तरको निर्णय भएको जनाएको छ ।