मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

शुक्रबार, १२ असोज २०८०, १७ : ५०
शुक्रबार, १२ असोज २०८०

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेको हो । 

‘कोशी प्रदेश मन्त्रीपरिषदको मिति २०८०/०६/११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल असोज १७ गत बुधबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको चौथो अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालिन मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधबार अन्त्य भएको थियो । 

384772292_631643322480880_8782265964444778794_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप