मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उद्योग परिसंघ कोशी प्रदेश अध्यक्षमा शारडा

शुक्रबार, १२ असोज २०८०, १८ : २४
शुक्रबार, १२ असोज २०८०

विराटनगर । नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश अध्यक्षमा उद्योगी पवन कुमार शारडा चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा उद्योगी प्रकाश मुन्दडा चयन भएका छन् । 

अन्य उपाध्यक्षहरुमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा शारडा चयन भएका छन् । यस्तै घनश्याम काबरा, रमेश राठी र गिरिस लुनियाले मानार्थ उपाध्यक्ष पाउँदा साकेत राठी कोषाध्यक्ष भएका छन् । 

सदस्यमा राजेन्द्र राठी, डेनिस कार्की, दिवस सुवेदी, वेदान्त जाजू, कर्ण रायमाझी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी चयन भएका छन् ।

प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु चयन भएका छन् । बासुदेव गोल्याण, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार मनोनयन गरिएको छ । यसैगरी सिएनआईको मानार्थ सदस्यमा  महेश पौडेल, राजन भगत, रिता ढकाल, अनुप सिग्देल, संजीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी चयन भएका छन् ।

शुक्रबार एक कार्यक्रमबीच नया कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरेले शारडालाई पद हस्तान्तरण गरेका हुन् । घिमिरेको कार्यकाल एक वर्ष बाँकी रहेपनि उनी केन्द्रीय पदाधिकारीमा चयन भएपछि शारडालाई अध्यक्ष चयन गर्दै पद हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप