आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, १२ असोज २०८०, २० : २६
शुक्रबार, १२ असोज २०८०

सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु१ज १८६१ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–५ को गरिपारेमा शुक्रबार बेलुकी दुर्घटनामा परेको हो ।  

मृत्यु हुनेमा शारदा नगरपालिका–१२ की धुर्वी बोहोरा र सोही ठाउँकी मुना सेजुवाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अस्पताल पुर्‍याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  

स्थानीय मेलाबाट यात्रु बोकेको उक्त जीप दुर्घटनामा परी १५ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप