आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले बागमती अधिवेशन

भाग्यमानी नवराज सिलवाल : सचिवमा १ मतले विजयी

शुक्रबार, १२ असोज २०८०, २३ : ४३
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । प्रहरीमा अभागी सावित भइ डीआईबीबाटै राजीनामा दिएर हिँडेका नवराज सिलवाललाई राजनीति भने फलिफाप भएको छ । उनी नेकपा एमाले बागमती प्रदेश सचिव पदमा विजयी भएका छन्, त्यो पनि एक मतले ।  शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी मात्र एक मतले विजयी भएका हुन् । 

सिलवालले ५६८ मत पाउँदा हस्त पण्डितले ५६७ मत पाए । उनी एमाले अध्यक्ष केपी ओलीको आर्शिवादले सांसद समेत भइसकेका छन् । २०७४ सालको निर्वाचन ललितपुरबाट जितेका उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा भने कांग्रेसका उदयशमशेर राणासँग पराजित बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप