मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

एमाले कोशी प्रदेश अधिवेशन : समूहगत छलफल हावाहुरी र वर्षाले प्रभावित

अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडायो
शनिबार, १३ असोज २०८०, ०९ : ४०
शनिबार, १३ असोज २०८०

विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेशको अधिवेशन वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । समूहगत छलफलको क्रममा अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडाइदिएपछि कार्यक्रम रोकिएको छ । 

एमालेले १४ जिल्लाका ९९७ प्रतिनिधिलाई ७ समूहमा विभाजित गरेर अधिवेशनमा प्रस्तुत राजनीतिक,साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेको थियो ।

यसअघि हिंजै प्रतिवेदनहरू अधिवेशनमा प्रस्तुत भइसकेको छ । राजनीतिक र साङ्गठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् ।

प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर सिधै मनोनयन दर्तामा जाने तयारी छ । अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने एमालेमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल छन् । 

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।

अधिवेशनको बन्द शत्र संचालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो । अध्यक्ष मण्डलका अन्य सदस्यहरूमा नेताहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, डा।शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल रहेका छन् ।

yamale 4yamale kyamale koshi 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप