आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा एमाले अधिवेशन : राजबहादुर शाहीले लिए उम्मेदवारी फिर्ता

शनिबार, १३ असोज २०८०, १२ : २७
शनिबार, १३ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

पार्टी अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए। 

‘पार्टी स्थायी कमिटीका सदस्यहरु र केन्द्रिय कमिटीका सदस्यहरुको मोर्चाबन्दी, श्रद्धय अध्यक्ष र महासचिवको निर्देशनको हवालासहितका कारणहरुले सर्वसम्मतिको अवस्था नरहेको, केन्द्रीय नेतृत्वको चाहाना विपरित निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैँले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’ उनले भने।

प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनमा प्रदेश कमिटीको अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको उनले बताए।

शाहीले पार्टी केन्द्रको चाहाना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए। उनले संघीयतापछिको पहिलो प्रदेश सभाको पूर्ण कार्यकाल नेतृत्व गरेका हुन् ।

हेर्नुहोस् पत्र :

raj-patra
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप