आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अक्षर पटेलको सट्टा चहल वा वाशिङटन टोलीमा हुनुपर्थ्यो : युवराज सिंह

शनिबार, १३ असोज २०८०, १४ : ४५
शनिबार, १३ असोज २०८०

नयाँ दिल्ली । सन् २०११ को विश्वकपका नायक युवराज सिंहले भारतीय टोली उत्कृष्ट खेलाडीले भरिएको तर घाइते अक्षर पटेलको स्थानमा युजवेन्द्र चहल वा वाशिङटन सुन्दरलाई समावेश गर्नुपर्ने बताएका छन् ।

चोटका कारण अलराउन्डर अक्षर पटेल विश्वकप खेल्न नसक्ने भएकाले टोली व्यवस्थापनले उनको स्थानमा अफ स्पिनर रवीचन्द्रन अश्विनलाई समावेश गरेको छ । अश्विनलाई अस्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखलाको लागि टोलीमा समावेश गरिएको थियो । चहल र वाशिंगटन त्यसमा थिएनन् । पछि अश्विनलाई अन्तिम १५ खेलाडीको टोलीमा छनोट गरिएको थियो।

युवराजले समाचार एजेन्सी पीटीआईसँग भने, ‘मलाई व्यक्तिगत रूपमा यो टोलीमा युजवेन्द्र चहलको अभाव छ जस्तो लाग्छ। मलाई लाग्छ यो टोलीमा लेग स्पिनरको कमी छ। ’

उनले भने, ‘यदि हामीले युजीलाई छनोट गर्दैनौँ भने म वासिङ्गटन सुन्दरलाई टोलीमा हेर्न उत्सुक थिएँ । तर टोलीलाई अनुभवी बलर चाहियो त्यसैले मलाई लाग्छ कि उनीहरूले आर अश्विनलाई रोजे।’

उनले विश्वकपमा जसप्रित बुमराहको प्रदर्शनले भारतको इनिङ्समा ठूलो प्रभाव पर्ने बताए । युवराज सन् २०११ को विश्वकपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका थिए ।

उनले भने, ‘दुई वर्षमा बुमराह धेरै परिपक्व भइसकेका छन् र उनी एक 'स्मार्ट' बलर बनेका छन्। रोहित शर्मालाई उनलाई कसरी प्रयोग गर्ने भन्ने थाहा छ । विशेष गरी उनी मुम्बई इन्डियन्सका लागि खेलिरहेका कारण त्यहाँ पनि उनी बुमराहको कप्तान छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप