मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

एमाले कोशी प्रदेश अधिवेशन : विनोद ढकाल र घनश्याम खतिवडाको अध्यक्षमा उम्मेदवारी

शनिबार, १३ असोज २०८०, १८ : ११
शनिबार, १३ असोज २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।

अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।

अध्यक्षमा उम्मेदवारी दिएका ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप