मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एमाले कोशी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि आज बिहान ११ बजेपछि मतदान

आइतबार, १४ असोज २०८०, ०६ : २९
आइतबार, १४ असोज २०८०

मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ ।  प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।

प्रदेश अध्यक्षका लागि नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप