सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले चौथो विकेट गुमायो, जोरा आउट

आइतबार, १४ असोज २०८०, ०७ : ३५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । सन्दीप जोरा खेलको १० औँ ओभरमा मात्र ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

नेपालले हालसम्म ६७ रन बनाएको छ । यसअघि विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका थिए । त्यस्तै उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।

नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए । यसअघि चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप