आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्सको सातौँ विकेट गुम्यो

आइतबार, १४ असोज २०८०, ०९ : ४०
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपालविरुद्धको खेलमा मल्दिभ्सले सातौँ विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले १६ औँ ओभरमा ६३ रनमा सातौँ विकेट विकेट गुमाएको हो ।

कुशल भुर्तेलले माल्दिभ्सको सातौँ विकेट विकेट लिए । यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने सन्दीप लामिछाने, गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । 

माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए । 

यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप