आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियम मूल्यमा खुल्यो सोनापुर मिनरल्सको आईपीओ

आइतबार, १४ असोज २०८०, ११ : ०९
आइतबार, १४ असोज २०८०

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत सेयर बिक्री गर्दैछ । जारी पूँजीको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर बिक्रीका खुला गरेको हो । यसमध्ये ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता सेयर स्थानीयका लागि बिक्री गरिसकेको छ ।

दाङ र रोल्पाका स्थानीयका लागि छुट्याइएको उक्त सेयरमध्ये १ लाख ३४ हजार ५२० कित्ता सेयरमा मात्रै आवेदन परेकाले १४ लाख ३ हजार ५ कित्ता सेयर समेत थप गरेर सर्वसाधारणका लागि बिक्री खुलाइएको हो ।
यससँगै, कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँको सेयरमा १२५ प्रिमियम मूल्य थपेर २२५ रुपैयाँमा आईपीओ खुलाएको छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि १ करोड २१ लाख ६५ हजार ६८० कित्ता सेयर बिक्री खुलाइएको हो ।
यसमध्ये वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत, सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कम्पनीका कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप