आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

म्याद थपका लागि अदालत लगियो अनमोललाई

आइतबार, १४ असोज २०८०, १६ : ३४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो । 

anmol kc (3)

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

anmol kc (1)

अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

anmol kc (2)

anmol kc (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप