मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमाले कोशी प्रदेश अधिवेशन : ३५ स्थानबाट मतदान हुँदै, १ जनालाई १५ मिनेटको समय

आइतबार, १४ असोज २०८०, १७ : १३
आइतबार, १४ असोज २०८०

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ३५ स्थानबाट मत हाल्ने व्यवस्था मिलाइएको छ ।  मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार १ जनाले १५ मिनेटमा मत हालिसक्नेछन् ।  ५ जना पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माणका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको छ । 

प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । साँझ ५ः३० बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले बताएको छ । यसअघि मतदानको समय पटकपटक सारिएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान १ बजे सारिएको थियो । पुनः ५ बजेका लागि तय गरिएको मतदानको समयतालिका आधा घण्टा पछि धकेलिएको छ । 

उपाध्यक्षमा भने यसअघि नै टिकाराम चेम्जोङ निर्विरोध भइसकेका छन् । सचिवमा भने पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको छ । यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ । 

सचिवका प्रत्यासी भण्डारी खतिवडा समूह र लामा ढकाल समूहमा देखिएका छन् । त्यसैगरी उपसचिवतर्फकी राजवंशी र राई खतिवडा समूह र नेपाली भने ढकाल समूहका हुन् । अध्यक्षका उम्मेदवार दुवैजनाले आफू संस्थापन लाइनको बताएपनि अध्यक्ष ओलीसहित धेरै नेताको समर्थन खतिवडालाई भएपनि ढकाल प्रतिनिधिबीच लोकप्रिय छन् । 

भूगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएका छन् । झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ जिल्लाका लागि भने चुनाव हुन लागेको हो । 

चुनाव हुने जिल्लाहरूमा कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिस्पर्धामा छन् । समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप