आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापान पठाइदिने बहानामा ४६ लाख ठगी गर्ने मेनपावर संचालक पक्राउ

आइतबार, १४ असोज २०८०, १७ : २५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । जापान पठाइदिने बहानामा ४६ लाख ठगी गर्ने मेनपावर संचालक पक्राउ  पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको लेटाङ न.पा. वडा नं. २ घर भई हाल धुम्बाराही बस्ने डिल्लीराम खतिवडालाई पक्राउ गरेको हो । 

उनले  ढकराज आचार्य समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा  छयालीस लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।  पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोसँगै खोजतलासका क्रममा कोटेश्वरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप