आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५  घाइते

आइतबार, १४ असोज २०८०, १८ : ४१
आइतबार, १४ असोज २०८०

जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  

आइतबार दिउँसो सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो । 

दुर्घटना अन्य २५ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुईजना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको हालसम्म सनाखत हुन सकेको छैन । 

घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप