एमाले कोशीको नयाँ नेतृत्वका लागि राति मतदान हुने
आइतबार, १४ असोज २०८०, २१ : १३
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान हुने भएको छ ।
मतदानका लागि अध्यक्षका प्रत्याशी विनोद ढकाल र घनश्याम खतिवडा मतदान स्थल होटल मनास्लु इनमा आइपुगेका छन् ।
यस्तै प्रहरीले प्रतिनिधिलाई लाइनमा राख्न थालेका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अबको १० मिनेटमा मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।