आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय

सोमबार, १५ असोज २०८०, १६ : ५२
सोमबार, १५ असोज २०८०

काठमाडौंँ । गायक हेमन्त शर्माको नयाँ गीत ‘निरजाले’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक शर्मालाई पछिल्लो पुस्ताकी गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

गीतमा संगीत पनि गायक शर्माकै छ । एकनारायण भण्डारीको शब्द, श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतकोे भिडियोमा काटुन क्रुजका आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीको अभिनय छ । आश्मा र सुनिल जोडीका रुपमा पहिलो पटक यसै भिडियोमार्फत देखिएका हुन् ।

भिडियोमा कोरियोग्राफी तथा निर्देशन सुनिल आफँैले गरेका हुन् भने अमृत चापागाईंको सम्पादन र नवराज उप्रेतीको छायांकन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप