मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

एमाले कोशी प्रदेश अधिवेशन : १२ घण्टा पछि मतगणना सुरु

सोमबार, १५ असोज २०८०, १७ : २५
सोमबार, १५ असोज २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमवार साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो । 

७ स्थानबाट मतगणना सुरू भएको छ । निर्वाचनमा ९९७ जना प्रतिनिधिमध्ये ९७७ जनाले मत खसालेका थिए ।  अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो । अध्यक्षका लागि नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

मतदान सकिएको १२ घन्टा पछाडि मतगणना सुरू भएको छ । सो अधिवेशनमा आइतबार राति मतदान भएको थियो । अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि  ४ सय ५० जनाको उम्मेदवारी परेको थियो ।

जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा  पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ ।

दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप