आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतका कप्तानलाई आउट गराए दीपेन्द्रले

मङ्गलबार, १६ असोज २०८०, ०७ : ३६
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ । ९‍‍.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । 

ऐरीले गाइकवाडलाई २५ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । गाइकवाड भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले एक सय तीन रन बनाएको छ । भारतका अर्का ओपनर यशस्वी जैसवाल ७३ रन बनाउँदै क्रिजमा छन् । 

त्यसअघि जैसवाल र गाइकवाडले भारतका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । भारतले टस जिती पहिलो ब्याटिङको निर्णय लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप