आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख आउट

मङ्गलबार, १६ असोज २०८०, ०९ : ००
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली  खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको हो । उनी १० रन बनाउँदै पेभेलियन फर्किए ।

उनले ६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । ३.४ ओभरमा उनी आउट हुँदा नेपालले २९ रन बनाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाउँदै क्रिजमा छन् । नेपालले दुई सय तीन रनको लक्ष्य पछ्याउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप