आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२९ रन बनाउँदै तेस्रो विकेटका रूपमा पेभेलियन फर्किए कुशल मल्ल

मङ्गलबार, १६ असोज २०८०, ०९ : २६
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धकाे क्वार्टरफाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । 

उनी २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २९ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । १०.३ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले अर्सदिप सिंहद्वारा क्याच गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप