आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१२ बलमा २९ रन बनाउँदै पेभेलियन फर्किए सन्दीप जोरा

मङ्गलबार, १६ असोज २०८०, ०९ : ५०
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ । नेपालले छैठौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । 

उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १५.४ ओभरमा एक सय ४० रन बनाएको छ । नेपाललाई जितका लागि २५ बलमा ६२ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप