आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ र ललितपुरमा नगद र गहना चोरी

मङ्गलबार, १६ असोज २०८०, १४ : ०९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । काठमाडौँ र ललितपुरमा विभिन्न स्थानमा नगद र गहना चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-१९ दमाईटोल डेरा गरी बस्ने महोत्तरी गौशाला नगरपालिका-४ बिर्ता घर भएका २८ वर्षीय रञ्जित ठाकुरको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई २ तोलाको सुनका सिक्री २ थान, आधा तोलाको सुनको कानमा लगाउने झुम्का १ थान र नगद ५२ हजार रूपैयाँ सोमबार राति चोरी भएको हो ।

यता ललितपुर महानगरपालिका-९ लामाटार बस्ने सुदिप प्रसाद गौतम घरको ढोकाको ताला फुटाई नगद ३० हजार रूपैयाँ र सुन तथा तामाका गर-गहना गरी करिब १ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप