आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, १६ असोज २०८०, १४ : ११
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

मोरङको बेलबारी नगरपालिका-२ लालभित्तिस्थित सडकमा को.३६ प ९३६८ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई  सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईलाम चुलाचुली गाउँपालिका-५ बस्ने ७२ वर्षीय भिम बहादुर राईको सोमबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

यता दैलेखको दुल्लु नगरपालिका-१ मण्डातिमिलापानीस्थित सडकमा क.प्र.०२-००१ क १९९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय गोपाल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको दुल्लु अस्पताल दुल्लुमा उपचार भइरहेको छ । 

त्यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा लु.४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका-१ संखरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि चौराहा हस्पिटल पठाइएको  छ ।  

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप