आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई १० माग पेश

मङ्गलबार, १६ असोज २०८०, १७ : ४०
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मन्चले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० बुँदे सुझावसहितको माग पेश गरेको छ । 

३० लाखभन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा रहेको तर, यो क्षेत्रमा थुप्रै खालका समस्या देखिएको भन्दै समाधानका लागि पेश गरेको हो । मन्चले प्रधानमन्त्रीलाई भेटेर सुझावपत्र पेश गर्दै आवश्यक सहजीकरण र सहयोगको लागि अनुरोध गरेको हो । 

वैदेशिक रोजगार व्यवसायमा रहेको विकृति विसंगती हटाउन र विविध प्रकारका सिण्डीकेट तथा एकाधिकार हटाउनका लागि आवश्यक कार्य गर्न माग गरिएको छ । 

रोजगारदाता मुलुकमा राज्य स्तरबाट कूटनैतिक पहल गरी नेपाली कामदारको माग सम्बन्धी विषयमा गम्भीरतापूर्वक छलफल गरी व्यवसायी र कामदारको हक हितको संरक्षण गर्न समेत माग गरिएको छ । 

त्यस्तै वैदेशिक रोजगारमा पठाए बापत विश्वव्यापी प्रचलन र छिमेकी मुलुक समेतको कानुनी र प्रचलनलाई मध्यनजर राखी सेवा शुल्क बापत कामदारले पाउने १ महिनाको तलब बराबर लिन पाउने व्यवस्था नहुँदा कामदार व्यवसायी तथा स्वयं राज्यलाई समेत घाटा भइरहेको भन्दै यो समस्याको तत्काल समाधान गर्न समेत माग गरिएको छ । 

व्यवसायीलाई इजाजत दिँदा धरौटी बापत राखिएको अधिकतम धरौटीलाई छिमेकी मुलुकको प्रावधान समेतलाई मध्यनजर गरी धरौटी सम्बन्धी व्यववस्थालाई पुर्न मुल्याङकन गरी धरौटी बापत राखिएको नगदको सट्टा बैंक ग्यारेण्टीको मात्र व्यवस्था गर्न र हाल राखेको नगदको ब्याज व्यवसायीले पाउने व्यवस्था गर्न समेत माग गरिएको छ । 

यी तत्कालीन समस्याहरु भएको र यिनको समाधान नभएमा व्यवसाय, व्यवसायी र कामदार समेतमा गम्भीर असर पर्ने मन्चको ठहर छ । त्यसैले यस्ता समस्याका विषय नेपाल सरकार गम्भीर बनेर कार्यान्वयन गर्न/गराउन यथोचित पहल कदमी गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको हो ।

bb1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप