आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

योगेन्द्र स्मृति कपको तयारी अन्तिम चरणमा

मङ्गलबार, १६ असोज २०८०, २१ : ०७
मङ्गलबार, १६ असोज २०८०

काभ्रे । पनौती नगरपालिकामा असोज २० देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० देखि कात्तिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतीक महतले जानकारी दिए ।

महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२ टिमले सहभागिता जनाउनेछन् । जसमा १८ टिम सम्पर्कमा आइसकेका महतले बताए । 

महतका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, इमर्जिक खेलाडी, हाई स्कोरर र उत्कृष्ट कोलकिपरको लागि पनि ट्रफी, मेडल सहितको पुरस्कारको व्यवस्था रहेको आयोजक समूहले बताएको छ । 

प्रतियोगिताको अनुमानित लागत ११ लाख रहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप