आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

बुधबार, १७ असोज २०८०, ०९ : ३६
बुधबार, १७ असोज २०८०

भेनिस । इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मारिनेमा ५ जना युक्रेनी नागरिक, एक जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

भेनिसका मेयर लुइजी ब्रुग्नारोले यसलाई ‘ठुलो त्रासदी’ को संज्ञा दिएका छन् । उक्त बस पर्यटकहरूलाई भेनिसबाट मर्घेरा जिल्लामा रहेको क्याम्प साइटमा लैजान भाडामा लिइएको बताइएको छ ।

घटना स्थानीय समयअनुसार साँझ ७ः४५ बजे भएको थियो । केही रिपोर्टमा बस मिथेन ग्यासबाट चल्ने भएकाले बिजुलीको तारमा खस्दा आगलागी भएको उल्लेख गरिएको छ । गृहमन्त्री माटेयो पियान्टेडोसीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । 

घटनामा कम्तीमा १८ जना घाइते भएका छन् जसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप