सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश मध्यावधिमा जानु हुँदैन : ओली

बुधबार, १७ असोज २०८०, ११ : ४८
बुधबार, १७ असोज २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको तर्क गरे । 

उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब  १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’

अर्को प्रसङ्गमा ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताएका छन् । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम हुँदैन,’ उनले भने, ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन । अन्य अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’ 

ओलीले देशमा काँग्रेसको बोल्ने हविगत नै नभएको पनि बताए । ‘देशमा काँग्रेस कहाँ छ । घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा काँग्रेसका नेताहरू ।  राजनीतिक  गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’ उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने । 

महाकालेश्वर देखि मानसरोवर सम्मको धार्मिक यात्रालाई उनले पाप पखाल्न गएको आरोप लगाएका छन् । ‘तपाइँहरु घरमा पूजा लगाउनु हुन्छ नि,’ ओलीले भने, ‘कसले कत्रो पाप गरेको छ उसले उत्रै पूजा लगाउँछ । उहाँको यात्रा पनि त्यस्तै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप