आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुघटनामा पाँच जनाको मृत्यु

बुधबार, १७ असोज २०८०, १३ : २३
बुधबार, १७ असोज २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मोरङको कटहरी गाउँपालका-४ लोहन्द्रा पुलस्थित सडकमा को.२३ प ५१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार घनपालथान गाउँपालिका-७ बस्ने २५ वर्षीय रवि मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा बागमती प्रदेश ०१-०२८ च ६४५७ नम्बरको पिकअप गाडीले हाल नम्बर नखुलेको अनटेस्ट स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक महोतरी बर्दिबास नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी कुमार कार्कीको मृत्यु भएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा प्र.२-०२-००४ प ४८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङजा वालिङ नगरपालिका बस्ने ३९ वर्षीय लक्ष्मण भट्टराईको मृत्यु भएको   छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको उपचार भइरहेको छ । 

उता धादिङको गजुरी गाउँपालिका-२ मझुवास्थित सडकमा प्रदेश २-०३-००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट २ जनाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिद्वलेक गाउँपालिका-६ परेवाटार बस्ने राजकुमार श्रेष्ठको छोरा १५ वर्षीय निर्मल श्रेष्ठ र सोही ठाउँ बस्ने उद्धव श्रेष्ठको छोरा १५ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप