सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

बुधबार, १७ असोज २०८०, १३ : ३५
बुधबार, १७ असोज २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।

निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ नेकपा  एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले गराएका थिए ।  एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो ।

ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।  खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ४३० मत ल्याए । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत ल्याए । उपसचिवमा झापाकी जलवर्षा राजवंशीले  ६२८ र खोटाङका देवान राईले ६६१० मत ल्याएर विजयी भएका छन् । 

प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरू मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरू भने मतदानमा अनुपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप