आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रातो टिकी’मा राजेश, दीलिप, केकी र निताको अभिनय

बुधबार, १७ असोज २०८०

काठमाडौँ । गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ ।  सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा कृष्णलाई स्वरमा मेलिना राई र रेखा जोशीले साथ दिएका छन् ।

गीतको भिडियोमा राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीको अभिनय छ । जीबी आग्रीको निर्देशन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

सन्देशमुलक गीतको भिडियोले एकल महिलाको चाँहनाको पक्षलाई उठान गरेको छ । गोपाल रायले खिचेको भिडियामा विपिन मल्लको सम्पादन र मनोज श्रेष्ठको भीएफएक्स रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया