आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ

बुधबार, १७ असोज २०८०, २१ : ४९
बुधबार, १७ असोज २०८०

नयाँ दिल्ली । दिल्लीमा कथित रक्सी घोटालामा प्रवर्तन निदेशालय (ईडी) को अनुसन्धानपछि आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ परेका छन्।

ईडीले बुधबार बिहान सञ्जय सिंहको घरमा छापा मारेको थियो । सिंहलाई करिब १० घण्टा सोधपुछपछि निर्देशनालयले पक्राउ गरेको थियो । 

यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनिष सिसोदिया पनि पक्राउ परेका छन् । मनिष सिसोदिया हाल जेलमा छन्, तर सत्येन्द्र जैन उपचारका लागि जमानतमा छन्।

आम आदमी पार्टीले सिंहविरुद्धको यो कारबाहीलाई ‘राजनीतिक रुपमा प्रेरित’ भनेको छ । पार्टीका सांसद राघव चड्ढाले विगत १५ महिनादेखि भारतीय जनता पार्टीले आफूहरुमाथि रक्सी घोटालाको आरोप लगाउँदै आएको बताए । पछिल्लो १५ दिनमा ईडी र सीबीआईले १ हजारभन्दा बढी ठाउँमा छापा मारेको छ । उता भाजपाले सिंहको गिरफ्तारीले सत्य लुकाउन नसकिने देखाएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप