आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हारको शृङ्खला अन्त्य गर्दै सिटीको संघर्षपूर्ण जीत

बिहीबार, १८ असोज २०८०, ०९ : ०७
बिहीबार, १८ असोज २०८०

लण्डन । लगातार हारको शृङ्खला अन्त्य गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा आरबी लेइपजिगमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । समूह जी अन्तरगतको खेलमा सिटी ३–१ गोलले विजयी बनेको हो ।

काराबाओ कपमा न्युक्यसाल र प्रिमियर लिगमा वूल्भ्ससँग पराजित हुँदै बुधबार रातिको खेलमा आएको सिटीले जीतका लागि अन्तिमसम्म पर्खनु परेको थियो । खेलको २५ औँ मिनेटमा फिल फोडेनले सिटीलाई अग्रता दिलाए पनि ४८ औँ मिनेटमा लोइस ओपेन्डाले लेइपजिगका लागि बराबरी गोल फर्काएका थिए ।

खेल बराबरीतर्फ अघि बढिरहँदा ८४ औँ मिनेटमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा अल्भारेजले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे । 

जीतसँगै सिटी ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । लेइपजिग ३ अङ्कसहित दोस्रो छ । समूहकै अन्य खेलमा यङ ब्वाइज र रेड स्टार बेलग्रेडले २–२ को बराबरी खेल्दै १–१ अङ्क बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप