आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डमा ‘दसैँ धमाका’ गर्दै प्रमोद, मेलिना र सुमन

बिहीबार, १८ असोज २०८०, १३ : १०
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । दसैँ नजिकिँदै जाँदा विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढ्न थालेको छ । यस्तैमा दसैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दसैँ धमाका’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देशमध्ये एक हो न्युजिल्याण्ड । न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्यव्यङ्ग्य कलाकार सुमन कार्कीले ‘दसैँ धमाका’ मार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउने छन् ।  

काठमाडौँमा एक कार्यक्रम गर्दै ‘लाखे इभेन्ट’ ले न्युजिल्याण्ड कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दिएको छ । कार्यक्रममा इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकको समेत सहकार्य रहेको छ ।

गायक प्रमोद खरेलले न्युजिल्याण्ड कार्यक्रमका लागि आफू पहिलोपटक जान लागेको बताए । एडमन्ड हिलारीको देशको रूपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको धारणा उनको थियो ।

हाँस्यकलाकार सुमन कार्कीले घर परिवारसँग यसपालि दसैँ मनाउन नपाउने भएता पनि दर्शकसँग भने सेलिब्रेसन गर्ने बताए । आयोजक इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुँदा यस वर्षको दसैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रम युजिल्याण्डका विभिन्न ४ वटा सहरमा हुने जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप