आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले उपत्यका विशेष कमिटीको अधिवेशन शुक्रवार

बिहीबार, १८ असोज २०८०, १६ : २५
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेकपा एमाले उपत्यका विशेष कमिटीको प्रथम अधिवेशन शुक्रवार सुरु हुँदैछ । अधिवेशनको तयारी लगभग पुरा भएको अधिवेशन आयोजक कमिटीले जनाएको छ । 

‘शुक्रवार दिउँसो साढे १२ बजे अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुँदैछ’, अध्यक्ष प्रेमकुमार पराजुलीले जानकारी दिए । उनका अनुसार अधिवेशन उद्घाटनअघि विभिन्न स्थानबाट र्‍याली निकालिनेछ । 

एमाले उपत्यका विशेष कमिटीमा ३०४ जना प्रतिनिधि छनोट भएका छन् । जसले पाँच पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ । एमाले नेतृत्वले यो कमिटीको नेतृत्व पनि सहमतिमै चयन गर्ने तयारी गरेको छ । अन्य प्रदेशमा जस्तो आकाङ्क्षी र प्रतिनिधि समेत धेरै नभएकाले सहमति जुटाउने प्रयास सहज हुने नेताहरूको भनाइ छ । अहिलेसम्म उपत्यकाको पदाधिकारीका लागि कसैले पनि खोलेका छैनन् । यद्यपि हालका अध्यक्ष पराजुली अर्को कार्यकालका लागि आफूले अध्यक्षमा दोहोरिन चाहेका छन् ।

‘स्वाभाविक रूपमा काम गर्ने आकांक्षा राख्नुलाई अन्यथा लिन सकिँदैन । तर अहिले नै उम्मेदवार भनेर मैले भनिसकेको छैन’, पराजुलीको भनाइ छ । हाल महिला उपसचिव रहेकी उर्मिला सुनुवारले सहमतिमै नेतृत्व चयन गर्ने गरी छलफल भइरहेको बताइन् । ‘हामी सकभर सहमतिमै नेतृत्व छनोट गर्ने पक्षमा छौ’, सुनुवारको भनाइ छ । हाल यो कमिटीको इन्चार्ज महासचिव शङ्कर पोखरेल पत्नी सुजिता शाक्य रहेकी छन् ।

नेकपा एमालेले बागमती, लुम्बिनी, कोशी, कर्णालीमा अधिवेशनमार्फत नयाँ नेतृत्व छनोट गरिसकेको छ । गण्डकीमा नयाँ नेतृत्वका लागि बिहीबार मात्र मतदान भएको छ । बाँकी अरू प्रदेशमा पनि यो महिनाको अन्तिम सातासम्म अधिवेशन सक्ने एमालेको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप