आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्राभेनबर्चको पहिलो गोलमा लिभरपुल विजयी

शुक्रबार, १९ असोज २०८०, ०९ : ११
शुक्रबार, १९ असोज २०८०

एनफिल्ड । रायन ग्राभेनबर्चले क्लबका लागि पहिलो गोल गर्दा लिभरपुलले युनियन सेन्ट–गिलोइसलाई युरोपा लिगमा पराजित गरेको छ । बिहीबार राति भएको समूह ई अन्तरगतको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो ।

खेलको ४४ औँ मिनेटमा अलेक्सान्डर आर्नोल्डको प्रहारलाई गोलकिपर एन्थोनी मोरिसले रोक्न नसकेपछि त्यसको फाइदा उठाउँदै ग्राभेनबर्चले लिभरपुलाई अग्रता दिलाएका थिए । निकै निरश बनेको पहिलो हाफमा डार्विन नुनेजले गोलका लागि सुन्दर अवसर गुमाएका थिए ।

दोस्रो हाफमा ग्राभेनबर्चको अर्को प्रहार गोलकिपर मोरिसले बचाऊ गरेका थिए । बेल्जियन टोलीले दोस्रो हाफमा लिभरपुलमाथि दबाब बढाए पनि इन्जुरी समयमा डिओगो जोटाले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

लगातार दोस्रो जीतसहित लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ । एलएसकेलाई हराउँदै टोलुस ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप