बर्दियामा गैँडा मृत फेला
शुक्रबार, १९ असोज २०८०, १४ : २६
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९र२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।
मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।