आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र लाओसबीचको खेल हेर्न ३ सय देखि ५ सय तिर्नुपर्ने

शुक्रबार, १९ असोज २०८०, १६ : ३८
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ ।  शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबीचको खेलका लागि साधारण पारापिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पारापिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो ।

खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैँले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ ।  खेलको लागि लावस ९ अक्टोबरमा नेपाल आउने र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ । फिफा वरियताको १८६ औं स्थानमा रहेको लावससँग १७५ औं स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ ।

खेलको कमर्सियल एण्ड मिडिया राइज्ट्स सिंगापुरस्थित स्पोर्ट लाइभलाई प्रदान गरिएको छ । खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप