आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमास आक्रमणमा मर्नेको सङ्ख्या ४ पुग्यो

शनिबार, २० असोज २०८०, १३ : २३
शनिबार, २० असोज २०८०

तेल अभिभ । गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या ४ पुगेको छ ।  टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् । 

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।

दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।  समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप