काेशी प्रदेश
झण्डै दुई घण्टा पछि प्रदेशसभा बैठक सुरू
शनिबार, २० असोज २०८०, १५ : १०
विराटनगर । दिउँसो १ बजेको लागि बोलाइएको कोशी प्रदेशसभा बैठक झण्डै २ घण्टापछि सुरू भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए।
कार्कीले आज विश्वासको मत पाउने सम्भावना भने कमजोर छ । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक गरि बहुमत ४७ सांसद कार्कीलाई विश्वासको मत नदिने निश्चित छ । राप्रपाका ६ जना प्रदेशसभा सदस्य भएपनि तटस्थ बस्ने बताइएको छ ।
यस्तै अवस्था कायम रहे एमालेको ३९ मत कार्कीले पाउने छन् । जुन बहुमतका लागि पर्याप्त होइन ।