सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘एज अ प्ले गर्ल’ आउँदैछु – अभिनेत्री सुस्मिता

शुक्रबार, १६ चैत २०७४, १० : ५९
शुक्रबार, १६ चैत २०७४

पाँच वर्ष अगाडि गायक ऋषि खड्काको गीत ‘फक्रिएको फूल’माथि बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटीले ।

पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई विभिन्न स्टेज कार्यक्रमको अवसरसमेत मिल्यो ।

स्टेज कार्यक्रममा डान्स गर्दै आफूलाई निखार्दै म्युजिक भिडियो अभिनयमा समेत रमाउँदै आएकी उनले मुम्बईको एक होली स्पेसल कार्यक्रमको समेत अवसर पाइन् ।

सोही कार्यक्रममा उनले बलिउडका एक निर्माता भेटिन् जितेस कुमार ।

उनी बलिउड सिरियलका चर्चित निर्माता पनि हुन् ।

जितेसले उनलाई निर्माण हुँदै गरेको ‘सुरक्षा’ सिरियलका लागि अडिसन दिन सुझाए ।

अडिसनबाट उनी सिरियलको मुख्य भूमिका सुरक्षाको रोलमा छानिइन् ।

उक्त सिरियल अहिले प्रसारण भइरहेको छ । महिलाको विषयमा बनेको यो सिरियलको क्रममा उनी बीचबीचमा काठमाडौं आउने जाने गर्थिइन् ।

यही क्रममा उनले ‘कसिङ्गर’ चलचित्र अभिनय अवसर पाइन् । योपछि उनले ‘टाइम’ र ‘एक्स्ट्रा मायामा’ भन्ने चलचित्र पाइन् ।

यी तीन चलचित्रमध्ये ‘एक्स्ट्रा मायामा’ अहिले प्रदर्शनको क्रममा छ ।

उनको अभिनयको हिसाबले यो तेस्रो चलचित्र भए पनि प्रदर्शनको हिसाबले पहिलो हो । ब

लिउडदेखि कलिउडसम्मको अभिनय अनुभव सँगालेकी काठमाडौँ सतुङ्गलकी स्थायी बासिन्दा अभिनेत्री सुस्मितासँग रातोपाटीको दस प्रश्न ।

तपाईंको अभिनय रहेको चलचित्र ‘एक्स्ट्रा मायामा’ प्रदर्शनमा आउँदैछ । कतिको एक्साइटेड हुनुहुन्छ ?
– अभिनयका हिसाबले ‘एक्स्ट्रा मायामा’ मेरो तेस्रो चलचित्र हो । तर रिलिजको हिसाबले पहिलो हो । अनियमा जति नै राम्रो गरे पनि चलचित्र रिलिजको समयमा डर लाग्दो रहेछ । पहिलो पटक आफूले मुख्य भूमिका निर्वाह गरेको चलचित्र दर्शक माझ आउँदैछ । के हुन्छ, कस्तो हुन्छ  भनेर डर पनि छ । दर्शकले बल्ल आफ्नो काम देख्न पाउँदै छन् । मनपराउनु हुन्छ होला भन्ने आसा पनि लागेको छ । 

कस्तो भूमिकामा देख्न पाइन्छ ?
– लिड क्यारेक्टरमै छु म चलचित्रमा । ‘एज अ लभर गर्ल’को भूमिकामा छु । सहरिया प्ले गर्ल टाइपको पनि छ । 

सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ ?
– सौन्दर्य कलाकारको मुख्य गहना हो । यसमा अभिनेत्रीले विशेष ध्यान राख्नुपर्ने नैै हुन्छ । घरमा म नर्मल मेकअपमा बस्न रुचाउँछु । सुटिङको समयमा सुटिङको मेकअप गरिन्छ । यसले फेसलाई बिगार्ने काम पनि गर्छ । त्यसैले यसबाट बच्न विभिन्न सामान पनि प्रयोग गर्ने गरेकी छु । गाजल र लिपस्टिक मेरा अनिवार्य मेकअप हुन् । यी दुई म कहिलै छुटाउँदिनँ ।

फेसनतिर कतिको रुचि छ ?
– पहिले त्यति ध्यान दिँदिन थिएँ । कलालाइनमा आएपछि यसलाई ध्यान दिन थालेकी छु । अधिकांश समय मलाई पाइन्ट टिसर्ट मनपर्छ । यो लगाउन पनि सजिलो लाग्छ । आफूलाई राम्रो र सेक्सी चाहिँ सारीले देखाउँछ जस्तो लाग्छ । अरूले पनि यसै भन्ने गरेका छन् । 

आफूलाई कसरी फिट राख्ने गर्नुभएको छ ?
– हल्का फुल्का एक्सरसाइज गर्छु । तर आफूलाई फिट राख्न विशेषत खानामा ध्यान दिने गरेकी छु । बलिउडको सिरियल गर्दा यो बानी लाग्यो । सो समय मासु, भात खासै खान दिनु हुँदैन थियो ।

ड्रिम केही छ कि ?
– अभिनयमा आएकी छु । अभिनयमा सफल हुँ । धेरैभन्दा धेरै दर्शकको माया पाउन सकौँ । चारैतिर चर्चा होस् ।  देश विदेशमा पनि  नाम होस् भन्ने छ । 

नराम्रो बानी पनि होला नि ?
– छिट्टै रिसाउँछु । साथीभाइले पनि यसै भन्छन् । यो नै मेरो नराम्रो बानी होला । 

कस्तो पुरुष मनपर्छ ?
– हेर्दैमा ह्यान्डसम, बानी व्यहोरा र शिक्षा पनि राम्रो भएको । पैसालाई म महत्व दिन्न । पैसा त  कमाउन सकिन्छ नि ।

प्रेम परेको छ कि छैन ?
– छैन । समय पनि भएन । परिवारको सपोर्टबिना सानै उमेरबाट अभिनय क्षेत्रमा होमिएँ । त्यसो त प्रेमका अफरहरू नआएको भने होइन । करियर बनाउने दौडमा भएकाले कुनै पनि अफर स्वीकार्न सकिनँ । पहिलो प्रेम पत्र १० कक्षामा पढ्दा ट्युसन पढाउने टिचरले दिएका थिए । डराएर नो भने । 

रोजेको व्यक्तिसँग डेटको अफर मिल्यो भने ?
– अनमोल केसी निकै ह्यान्डसम लाग्छ । मन पर्छ पनि । उसको बानीले मलाई ऊतिर खिचेको छ । डेटको अफर मिल्यो भने उनीसँग नै जान्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप