आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा अशोक यादव

आइतबार, २१ असोज २०८०, ०८ : १९
आइतबार, २१ असोज २०८०

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो । 

समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज राज किशोर यादव, राजनीतिक समिति सदस्य केशव पौडेल, मनिकर कार्कीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप