आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रेमध्वज प्रधान फाउन्डेसन’ द्वारा सर्जक सम्मानित

आइतबार, २१ असोज २०८०, ०८ : २३
आइतबार, २१ असोज २०८०

प्रेमध्वज प्रधान फाउन्डेसनले कला सस्कृति क्षेत्रका विभिन्न स्रष्टालाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित सो कार्यक्रमा स्रष्टाहरूलाई सम्मान गरिएको हो । 

कार्यक्रममा गीतकार प्राज्ञ उन्नति बोहरा ‘शीला’ सङ्गीतकार प्राज्ञ प्रदीप बमजन, गायक आनन्द कार्की, कलाकार रमेशनाथ खनाल, नायकहरू कृष्ण मल्ल र रवीन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, विश्व कीर्तिमानी सर्जक डा डीआर उपाध्याय, कवि एवं समाज सेवी विसन थापा, पत्रकार एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, साहित्यकारहरू जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, देवीभक्त श्रेष्ठ, फूलमान बल, युवराज अधिकारी, लाक्पा फुटी शेर्पालाई सम्मान गरेकोको थियो । 

कार्यव्रmममा प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष शान्तबहादुर शाक्य सर्जकहरू प्राज्ञ उन्नती बोहरा, प्राज्ञ प्रदीप बमजन, रमेशनाथ खनाल, कृष्ण मल्ल, शोभिता सिंखडा, अशोक प्यासी राई र देवीभक्त श्रेष्ठले आआफ्नो मन्तव्य राखेका थिए । 

सो कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए । 

कवि मुरारि सिग्देलले सञ्चालन गरेको सो कार्यक्रममा भैरवबहादुर थापा र साहित्यिक पत्रकार सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीलाई मायाको चिनो प्रदान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप